नियम १२
इजाजतपत्रको बिक्री वा हस्तान्तरण
(१) इजाजतपत्र प्राप्त व्यक्तिले आफुले पाएको इजाजतपत्र अन्य व्यक्तिलाई बिक्री वा कुनै तबरले हस्तान्तरण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम इजाजतपत्र बिक्री वा हस्तान्तरण गर्न चाहेमा इजाजतपत्र बिक्री वा हस्तान्तरण गर्ने वा लिने व्यक्तिले मन्त्रालय समक्ष त्यस्तो इजाजतपत्र लिँदा लाग्ने दस्तुरको आधा दस्तुर तिरी संयुक्त दरखास्त दिएमा मन्त्रालयले त्यस्तो
इजाजतपत्र बिक्री वा हस्तान्तरण गर्न स्वीकृति दिन सक्नेछ ।